Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतमा केन्द्रीय मन्त्रीलाई जेलसजाय

नयाँदिल्ली, भारतका केन्द्रीय अल्पसंख्यक राज्यमन्त्री मुख्तार अब्बार नकबी चुनाव आचारसंहिता उल्लघंनको दोषी पाइएका छन्।

उनलाई रामपुरको स्थानीय अदालतले एक वर्षको जेल सजाय सुनाएको छ। अदालतको फैसलापछि प्रहरीले उनलाई गिरफ्तार गरेको छ। उनीमाथि दुई हजार भारतीय रुपैयाँ जरिवाना पनि तोकिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

सन् २००९ मा भएको लोकसभा निर्वाचनका दौरान नकबीले आचारसंहिता उल्लघंन गरेको आरोप लागेको थियो। अदालतको आदेश आएको केही समयमा नै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो। त्यसको केही समयमा नकबीले उच्च अदालतमा मुद्दा दायर गरे। त्यसपछि उनलाई प्रहरीले जमानतमा छाडेको छ।





Comments

comments

3716