Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१ खिल्ली चुरोट बेचे १० हजार जरिवाना

काठमाडौं, १ माघ। सरकारले सुर्तीजन्य पदार्थको फुटकर विक्रीमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ।

अब कुनै व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थको खिल्लीमा विक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न जरिवानासहितको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१ मंगलबार जारी भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। करमुक्त पसलबाट चुरोट, बिँडी, हुक्का, सिगार, सिसा, कक्कड चिलिम, खैनी, सुर्ती, गुट्खा जस्ता पदार्थ विक्रीवितरण समेत गर्न पाइने छैन।





Comments

comments

3718