राहतमा बाँडिएको चामलमा ढुंगा र चुराको टुक्रा

भोजपुर, रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ। गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो।

वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए। ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो। योभन्दा ठूलो विडम्बना अरू के हुन्छ? ’, उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १ सय ८४ परिवारलाई राहत दिएको थियो।

फाइल फोटो

वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ। राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए।

राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन्। भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रदीपचन्द्र राईले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37963