हङकङ कोरोना अपडेट : सामाजिक दूरीको अवधि २ हप्ता लम्बियो, ३ ठाउंमा एम्बुस लकडाउन, १९ सङ्क्रमित थपिए …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,५३१ पुगेको छ। सङ्क्रमितहरुमा सबै जना स्थानीय रहेका छन्।

संक्रमितहरुमध्ये १२ पुराना केससंग संबन्धित छन् भने ७ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १४ वर्षदेखि ७२ वर्ष उमेर बीचका १० पुरूष र ९ महिला रहेका छन्।

आज २० जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटमा काम गर्ने कोरोना सङ्क्रमितको क्लोज कन्ट्याकमा रहेका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

हङकङमा बीएनओ पासपोर्ट प्रतिबन्ध, भिडियो समाचार हेर्नुहोस् 🙏

….. ….. ….

आज पनि यूनिक्लो सप लंघम प्लेस मङ कोकमा काम गर्ने थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,६३३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६६४ जनाको उपचार भइरहेको छ। २८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ।

आज पनि ३ ठाउंमा लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि ३ ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ।

ट्युन मुन, चाई वान र टो क्वा वानमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको हो।

Tuen Mun
Tower 1, Goodview Garden
Chai Wan
May Wah House, Hing Wah (i) Estate 11, Wan Tsui Road
To Kwa Wan
Block D of Honour Building on 78-80W To Kwa Wan Road

माथि उल्लेखित ठाउंहरुमा विहीवार विहानसम्मको लागि लकडाउन जारी गरेको हो। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

सामाजिक दूरीको अवधि २ हप्ता लम्बियो

सरकारले कोरोनाको नियन्त्रणको लागि थप दुई हप्ता सामाजिक दूरीको अवधि बढाएको छ। भोलि ४ तारिखदेखि १७ तारिखसम्म सामाजिक दूरीको अवधि बढाएको छ।

File Photo: TRTWORLD




Comments

comments

40444