न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ फेब्रुवरी। शिक्षा ब्यूरोले चाइनिज नयाँ वर्षको छुट्टीपछि हङकङका सबै बालगृह, प्राथमिक र माध्यमिक विद्यालयहरू खुल्ने घोषणा गरेको छ।
ब्यूरोले महामारीको पछिल्लो विकास, स्वास्थ्य विशेषज्ञहरूको राय र स्कूलको तत्परतालाई ध्यानमा राख्दै सबै किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालयहरू (विशेष विद्यालयहरू र गैरस्थानीय पाठ्यक्रमहरू प्रदान गर्ने स्कूलहरूसहित) र निजी विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
विद्यार्थीहरूलाई नयाँ वर्षको छुट्टीपछि स्कूलमा फर्कने व्यवस्था मिलाइने र स्कूलमा विद्यार्थीहरूको कुल संख्याको एक तिहाइ भन्दा बढि नहुने गरी आधा दिनको लागि सीमित गरिने ब्यूरोले छ।
ब्यूरोले स्वास्थ्य विशेषज्ञहरुको रायका आधारमा भाइरस सर्ने जोखिम कम गर्न र विद्यार्थीहरुलाई अध्ययनको लागि सुरक्षित वातावरण सृजना गर्न नियमित भाइरस परीक्षण सञ्चालन गरिने जनाएको छ। स्कूल शुरु हुनु दुई हप्ताअघि सम्पूर्ण स्कूलको स्टाफले भाइरस परीक्षण पूरा गरिसक्नु पर्ने जनाएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)