Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा ठूलो आकारका १७ नगरबस थपिए

अर्जुन गिरी / एचकनेपाल डट कम-
पोखरा, २१ माघ। पोखरा बस व्यवसायी समितिले आधुनिक सुविधायुक्त ‘मास ट्रान्सपोर्ट ’ अवधारण अनुरुप ठूला आकारका १७ वटा रुपान्तरित बस थपेको छ। शहरका मुख्य चोकहरु हुँदै चल्ने गरी ल्याइएका बसको सेवा बुधबारबाट सुरु हुँदैछ।

यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै जिपिएस, सिसिटिभी र एलसिडीसहितका बस थपिएको जानकारी समितिले दिएको छ। थोरै सिट भएका तर सडकमा धेरै ठाउँ ओगट्ने गाडी हटाउने उद्देश्यसहित समितिले गत वर्षबाट ठूलो आकारका नयाँ गाडी ल्याउन थालेको थियो। गत वर्ष पनि समितिले १७ वटा नै बस थपेको थियो। नयाँ थपिएका सबै बसमा ३० भन्दा सिट बढी क्षमता छ।

गण्डकी अञ्चल यातायात व्यवस्थापन समितिले २०६९ सालमा दिएको एक प्रतिवेदनले यातायातका साधनको चाप नबढ्ने गरी मास ट्रान्सपोर्टेसनमा जानुपर्ने सुझाएको थियो। त्यही सुझाव अनुसार चल्दै बस व्यवसायी समितिले चरणवद्ध रुपमा नयाँ बसहरु थप्ने अभियान चालेको हो।

सन् २००१ देखि २००२ मोडलका पुराना सवारी साधन विस्थापन गरी अत्याधुनिक प्रविधियुक्त नयाँ गाडी थपिएको जानकारी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले दिए। ‘बातावरण अनुकूल हरियो पहेलो रंगरोगन लगाएको बसहरु रहेका छन्’, उनले भने, ‘ युरो ३ मापदण्डको र फराकिलो यात्रुसिट समेत रहेको छ।’ यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशिक्षित चालक परिचाललकको व्यवस्था समेत गरेको उनले बताए।

बुधबारदेखि सेवा सुरु गर्ने नयाँ बसहरु मणिपाल अस्पतालबाट पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, अमरसिहचोक, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा छोरेपाटन भएर बेलघारीसम्म नियमित सञ्चालन हुनेछन्। गत वर्ष पहिलो चरणमा सञ्चालनमा ल्याइएका १७ वटा बस बगरबाट खाल्टे मसिना रुटमा चलिरहेका छन्।

तस्वीरः अर्जुन गिरी / एचकनेपाल डट कम





Comments

comments

4080