Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ज्यान दिएर बैंक जोगाए सुरक्षा गार्डले

राजविराज, माघ २१ – बैंक लुट्न आएका लुटेराले सोमबार राति उदयपुरको त्रियुगा नगरपालिका-११ जलजलेस्थित सनराइज बैंकका सुरक्षा गार्ड खेमबहादुर बानियाँको घाँटी रेटेर हत्या गरेका छन्।

उदयपुर सिमेन्ट उद्योग परिसरमा रहेको उक्त बैंकका गार्ड बानियाँको शव धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शौचालयमा भेटिएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङले बताए। बानियाँले लुटेराको प्रतिकार गर्दा हत्या भएको देखिएको प्रहरीले जनाएको छ। लुटेराले बैंकको मूलढोका र सेफ भएको कोठाको ढोका पनि फोडेका छन्। त्रियुगा-८ बगाहा घर भएका ५१ वर्षीय बानियाँको हत्यापछि लुटेरा फरार भएको प्रहरीको आशंका छ।

मंगलबार बिहान बैंकका सेवाग्राहीले एटीएमबाट पैसा निकाल्न जाँदा बन्द रहेको देखेपछि तत्काल बैंकका प्रबन्धक विपद चौधरीलाई बोलाएर खोल्न जाँदा सुरक्षा गार्ड बानियाँ मृत अवस्थामा भेटिएका थिए। प्रहरीले दिनभर घटनास्थलमा मान्छे पस्न नदिई अनुसन्धान गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ। घटनापछि स्थानीय बासिन्दाले अपराधी पत्ता लगाउन माग गर्दै केहीबेर नाराबाजी गरेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय जलजलेबाट करिब पाँच सय मिटरको दूरीमा पर्छ। अगाडिको भागमा सिमेन्ट उद्योगका सुरक्षा गार्ड बस्ने भएकाले लुटेरा बैंक प्रवेशद्वारको मूलढोकाबाट नभई पूर्वतर्फ पर्खालबाट आएको हुनसक्ने अनुमान गरिएको छ।





Comments

comments

4076