उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ।

आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो।

दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ।’

.

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए।

भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मतसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए। अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।





Comments

comments

41549