हङकङ कोरोना न्युज अपडेट : लोकल केस १, आयातित सङ्क्रमित ३ …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ मे। हङकङमा २४ घण्टामा १ स्थानीय र ३ आयातित गरी ४ कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७९१ पुगेको छ।

स्थानीय सङ्क्रमितमा Block R Allway Gardens Tsuen Wan मा कार्यरत ४४ वर्षीया फिलिपिनो घरेलुसहयोगी रहेकी छन्। उनको सङ्क्रमणको स्रोत खुलेको छैन। उनमा म्युटन्ट भाइरस देखिएपछि सम्बन्धित भवनका बासिन्दाले क्वारेन्टिनमा जानु पर्ने भएको छ।

३ आयातित सङ्क्रमितहरुमा भारतबाट आएकी २८ वर्षीया गर्भवती महिला र इन्डोनेसियाबाट आएका २ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४५१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९५ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

41959