हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, आयातित १ जनामात्र…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको छ।

एकजना मात्र आयातित सङ्क्रमित थपिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८२९ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी २६ वर्षीया महिला रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५४२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५० जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42399