Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक भुवनसिंह थापाको लोक फ्युजन गीत ‘फूल खस्यो’ सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता –
गायक भुवनसिह थापाको एकल गीत फूल खस्यो सार्वजनिक भएको छ।

नेपालको पश्चिमाञ्चल क्षेत्र वारीपरी गुञ्जिने लोक भाकामा नेपाली पुराना मौलिक बाजाहरु तथा आधुनिक बाजाहरुको समिश्रण गराएर तयार पारिएको लोक फ्युसन गीत हो “फूल खस्यो “, जसमा स्वर तथा संगीत भुवन सिंह थापाको अनि शब्द योग मल्ल ठकुरीले दिएका छन्।

२०५८ सालमा शास्त्रीय संगीतबाट पाइला टेकेर २०६२ सालमा रेडियो नेपालबाट भ्वाईस टेस्ट पास गरेका गायकले उक्त गीत यु-ट्युबमा भने केही महिना पहिलेनै सार्वजनिक गरिसकेका थिए। कृपा दृश्य डिजिटलले सार्वजनिक गराएको उक्त गीतको संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन्। फूल खस्योको म्युजिक भिडियोमा स्वयं गीतकार योग मल्ल ठकुरी, बिहानी ब्लोन तामाङ र नविन थापाको अभिनय रहेको छ। म्युजिक भिडियोको डाइरेक्सन भने अरुण बरालले गरेका हुन्।





Comments

comments

4286