Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालीलाई १० करोडको चिठ्ठा

काठमाडौं, फागुन १- अमेरिकाको टेक्सासमा खाद्य स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रूपैयाँ अर्थात १० लाख अमेरिकी डलरको चिठ्ठा जितेका छन्।

उनको स्टोरबाट बिक्री भएको चिठ्ठा ज्याकपटमा परेपछि उनी पावरबलबाट हकदार बनेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ। चार जनालाई संयुक्त रूपमा परेको ज्याकपटबाट उनको भागमा १० लाख डलर आएको हो।

शिवाकोटी बिहीबार बिहानै स्टोर खोल्न पुग्दा आँगनमा केही मानिस झुम्मिएका थिए। त्यो देखेर सुरुमा उनी स्टोरमा केही भयो कि भन्ने शंकामा परेका थिए। तर, एकैछिन्मा त्यो अन्योल अपार खुसीमा परिणत भयो। बुधबार खोलिएको उक्त चिट्ठा अमेरिकाकै पाचौं ठूलो हो।





Comments

comments

4295