Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ज्ञानको मान या नमान भिडियोमा (फोटो फिचर)

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
हङकङमा बसोबास गर्ने धराने गायक ज्ञान सुब्बाले आफ्नो नयाँ गीतको भिडियो तयार गरेका छन्। दिनेश सुब्बाको शब्द /संगीत रहेको मान या नमान बोलको गीतलाई अहिलेका चर्चित युवा निर्देशक नितिन चन्दले निर्देशन गरेका छन्।

सुरजसिंह ठकुरी, प्रियंका कार्की, निता ढुंगाना, मिश्री थापा, कल्पनालगायतका कलाकारहरुको अभिनय रहेको आधुनिक फ्लेभारको यो गीतको भिडियोमा भने निर्देशक नितिन चन्दले नयाँपन दिन खोजेका छन्। भिडियोलाई उत्कृष्ट बनाउन चर्चित फेशन डिजाईनर उत्तम बनेपालीको डिजाईन, चर्चित डान्स डाइरेक्टर गोबिन्द राईको डान्स स्टेप तथा मेकअप आर्टिष्ट ओकाषाको मेकअपले पनि निक्कै मद्दत पुर्याएको निर्देशक चन्दको कथन छ। गीत यसै महिनाभित्र रिलिज गर्ने योजना रहेको छ।

हङकङमा रहेपनि संगीतलाई माया गर्ने धरानका पुराना गायक ज्ञान सुब्बा थोरै तर राम्रा गीत मात्र गाउने चुजी गायकको रुपमा परिचित छन्। त्यहि भएर नै उनी डेढ दशकको अन्तरालमा दोश्रो अल्बमको तयारीमा जुटेका छन्। अहिले आएर सुन्नेसंगै हेर्ने संगीतको परिपाटी आइसकेकोले आफ्ना सबै गीतहरु एक–एक गर्दै भिजुलाईज गरेर बजारमा ल्याउने तयारिमा छन्।

आफ्ना गीतसंगै भिडियो पनि उत्कृष्ट होस् भन्ने चाहना राख्ने गायक सुब्बाका तीन भिडियो चर्चित भिडियो निर्देशक स्व. आलोक नेम्बांगले गरेका छन्।





Comments

comments

4847