Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लमजुङ परिवार द. कोरियाद्वारा मनबहादुर सहयोग संकलन अभियान संचालन

सुरज गुरुङ / एचकेनेपाल डट कम –
प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने भनाईलाई आत्मसात गर्दै लमजुङ परिवार दक्षिण कोरियाले “मन बहादुर” सहयोग संकलन अभियान सुरु गरेको छ।

लमजुङ जिल्ला हिले टक्सार गा.वि.स. वडा नं.४ निवासी वर्ष ३१ का श्री मन बहादुर गुरुङ (मनोज गुरु¨)को नेपाल एन.सेल. मोबाईल टावरको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा मिति २०७१–०४–०१ मा विधुत सर्ट भै शरीरको विभिन्न भागहरु जल्नुका साथै टावरबाट जमिनमा खस्न गई डाडको मेरुडन्ड भाँचिएकोले विभिन्न ठाउंमा उपचार गराउंदा पनि उहाँको स्वास्थ्यमा सुधार आउन नसकेको र उपचार गराउदा धेरै खर्च भैसकेको र अवका दिनहरुमा उपचारका लागि आर्थिक अभाव भएकोले हिले टक्सार गा.वि.स. को औपचारिक परिपत्रमा निजको उपचारको लागि आर्थिक सहयोगको अपिल भएकोले दक्षिण कोरियास्थित लमजुङ परिवार दक्षिण कोरियाले पनि संस्थाको गर्फबाट सहयोग संकलन अभियान सुरु गरिएको जानाकारी गराउनु भएको छ।

दक्षिण कोरियाबासी नेपाली समुदायमा आफूले सक्दो सहयोग गरिदिनुहुन लमजुङ परिवार दक्षिण कोरियाले हार्दिक अपिल गरेको छ।

सहयो गर्नको लागि सम्पर्क नंं.
भिम गुरुङ (सल्लाहकार एवं भू.पू. अध्यक्ष) ०१०–२८९७–०२७६
रुप प्रसाद गुरु¨ ०१०–२८९१–६६३९
खड्क गुरु¨ ०१०–४७७९–८९७२
एक गुरु¨ ०१०–४६८९–५३०१

सहयोग पठाउनको लागि आता नं.
gurung yek bahadur, woori bank a/c no. 1002051902344





Comments

comments

4852