Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी..

ओटावा, क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ।

प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नुभएको हो।

ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोपसम्बन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन्।

ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ। आन्दोलनलाई नियन्त्रणमा लिन सुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गर्नुभएको थियो। त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गर्नुभएको हो।

यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ। रासस / एएफपी





Comments

comments

48579