रुक्सना लिम्बुसँग राजेशपायल राईको ‘चोरी भो’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान। पेमा देचेन तामाङपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनलसम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले ‘चोरी भो’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको ” चोरी भो “गीतलाई यसअघि यहि टिमले द भ्वाइसकी मेलिना मैनालीसँग रेकर्ड गरि तयार गरिएको चर्चित गीत चोरी भो को दोस्रो भागको रुपमा तयार गरेको हो।

स्टुडियो किङ्गमा रेकर्ड गरिएको गीत राजु कार्कीको संगीत संयोजनमा तयार भएको हो। गत शुक्रबार राजेश पायल राईको अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको गीत कतार संगै नेपालमा पनि ट्रेन्डीङ्गमा उक्लि रहेको छ।

आफूले गीत ट्रेन्डीङ्ग र भ्युजको लागि नभई राम्रा प्रतिभाहरु र राम्रा गीत -संगीत ल्याउने सानो प्रयासमात्र गरिरहेको बताउंदै गायक तथा संगीतकार राई श्रोता -दर्शकहरुले गीत-संगीत मन पराएपछि आफै भ्युज र ट्रेन्डीङ्गको भींडमा पस्ने बतए।

राजेश पायल राई म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभाहरु ल्याउने दृढता राइले व्यक्त गरे। गायक राईको रुक्सना लिम्बुसंगै अरु गीतहरु पनि आउने र भ्वाइस अफ किड्सको फाइनल राउण्डमा पुगेकी अर्की गायिका मिन्छामा राईसँग पनि नयाँ गीत आउने तयारी रहेको छ।

म्युजिक भिडियो लिङ्क





Comments

comments

48585