हङकङमा आज २७७ स्थानीय र २१ आयातित संक्रमित थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १३ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २९८ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक क्वानका अनुसार २७७ स्थानीय र २१ आयातित गरी २९८ संक्रमित केसहरु थपिएका छन्।

पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९५,३३२ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कुल ९१४६ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा ६८ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50561