हङकङमा आज २१५ स्थानीय र ३६ आयातित संक्रमित थपिए, २ को मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २६ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २५१ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २१५ स्थानीय र ३६ आयातित गरी कुल २५१ संक्रमित केसहरु थपिएका छन्।

आयातित केसहरुमा अमेरिकाबाट फर्किएका १६, सिंगापुरबाट आएका ५ यात्रु, युकेबाट आएका ३ यात्रु, थाइल्याण्डबाट आएका २ यात्रु, ताइवानबाट आएका २ यात्रु रहेका छन्। त्यस्तै, अन्यमा इटाली, भारत, फिलिपिन्स, नर्वे, यूएई, इन्डोनेसिया, नेदरल्याण्ड र नर्वेबाट आएका रहेका छन्।

पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कुल १,१९८,७०७ कोभिड-१९ का केसहरू हङकङमा रेकर्ड भएका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट २ जनाको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६१ पुगेको छ।

२४ घण्टामा ५९ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50888