हङकङमा कोरोना बढेसंगै अस्पतालले जारी गऱ्यो नयाँ नियम …!

एचकेनेपाल डट कम –

हङकङ, २८ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ४,८८६ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

हङकङमा कोरोना बढेसंगै हङकङका अस्पतालहरुमा आगामी अगष्ट महिनादेखि लागु हुने गरी नयाँ नियम लागु हुने भएको छ।

अस्पतालमा विरामी भेट्न जाँदा आगन्तुकले ४८ घण्टाभित्रको न्यूक्लिक एसिड परीक्षणको नेगेटिभ नतिजा अनिवार्य देखाउंनु पर्ने स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

अस्पताल प्राधिकरणले अगस्ट १ देखि अस्पतालका आगन्तुकहरूले ४८ घण्टा भित्र न्यूक्लिक एसिड परीक्षणको नतिजा नेगेटिभ भएको प्रमाण उपलब्ध गराउनु पर्ने घोषणा गरेको हो।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार आज ४६३८ स्थानीय र २४८ आयातित गरी कुल ४,८८६ संक्रमित केसहरु थपिएका हुन्।

३१५ विद्यालयका ३३० विद्यार्थी र ७९ शिक्षक कर्मचारीसहित जम्मा ४०९ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कुल १५५ जना निको भएका छन् भने १४२ जना डिस्चार्ज भएर घर फर्केका छन्।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२८० बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो ५ जनाको मृत्यु भएको जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

54153