Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वमन्त्रीका छोराले आफैंलाई गोली हाने

काठमाडौं: पूर्वसहायक मन्त्री मुकुन्दबहादुर वस्नेतका छोरा मनिष बस्नेतले निधारमा गोली हानी आत्महत्या गरेका छन्।

काठमाडौंको रातोपुलस्थित घरमै शुक्रबार साँझ १२ बोरको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्। बिनाशकारी भूकम्पपछि मानसिक अवस्था कमजोर बन्दै गएपछि परिवारले मनिषको हेरचाह गर्दै आएका थिए।

भूकम्पपछि मानसिक समस्यामा रहेका २६ वर्षीय वस्नेत ‘आयो आयो’ भन्दै बर्बराउने गरेका उनको पारिवारिक श्रोतले जानकारी दिएको छ।

बस्नेतले यसअघि पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ। हातको नसा काटेर आत्महत्या प्रयास गरेका मनिषलाई परिवारले १० दिन अस्पतालमा उपचार गरी गत सोमबारमात्रै घर ल्याएका थिए। घर ल्याएपछि ‘मलाई डर लाग्यो, बन्दुक राख्नु पर्छ कि क्या हो’ भन्दै बाबु मुकुन्दसँग बन्दुकसँगै राख्न भनेका थिए।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी विनोद सिलवालका अनुसार मुकुन्दको घरमा पहिले देखि नै लाईसेन्सयुक्त १० बोरको हतियार राखेको पाइएको छ।

मनिषले आत्महत्या गर्दा उनका बाबु मुकुन्द बाहिर थिए। पत्नी कल्पनासहित परिवारका अन्य सदस्य बरन्डामा बसिरहेका बेला बस्नेतले कोठा बन्द गरी गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धाबाट खुलेको समाचार अन्नपूर्णपोष्टमा छ। प्रहरी र स्थानीयबासीले उपचारका लागि ओम अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो।





Comments

comments

Leave a Reply

7444