एसियाली खेलकुद : कराते खेलाडी एरिका गुरुङले जितिन् रजत पदक…

अपडेटः
चीनमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक जितेकी छन्। गुरुङले यो पदक देशका लागि समर्पण गर्न चाहेको बताएकी छिन्।

ऐतिहासिक क्षण

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनले रजत पदकमा चित्त बुझाउंन परेको हो।

::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

हाङझाउ। चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन्। फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ।

फाइल फोटो

कराते खेलाडी गुरुङले केहीबेर अघि सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् ।

यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन्।

योसँगै नेपालको जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।

रासस





Comments

comments

86290