सरकारको खातामा ९० अर्ब, भूकम्पपीडित मर्‍यामर्‍यै

अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ।

सरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन्। अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ। यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ।

‘चालू आर्थिक वर्षमा विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकम सम्झौता भइसकेको छ, अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने,‘मन्त्रलय अरुसँग पनि सम्झौता गर्ने तयारीमा छ।’

अहिलेसम्म सम्झौता भएको ९० अर्ब भन्दा बढी रकम सरकारले तत्काल खर्च गर्न सक्ने जानकारी दिँदै मरासिनीले पुनर्निर्माणका लागि रकम अभाव नरहेको प्रस्ट पारे। आजको नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10278