वीरेन्द्रको बुलेटप्रुफ गाडी अलपत्र

पूर्वराजा वीरेन्द्र

नारायणहिटी दरबार संग्राहालय परिसरभित्र छ राहदानी विभाग। दरबारको पश्चिम ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा जहाँ ०६५ साल जेठसम्म पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवलय थियो। दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ। त्यहाँ केही फोहोर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार।

दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन विभाग पुग्छन्। तर न कसैको ध्यान त्यो कारमा परेको छ न त्यो कालो कारले नै कसैलाई आकर्षण गरेको छ। कारको दुवै लुकिङ ग्लास फुटेका छन्। कार धुलाम्य छ। धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ। बा१च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ। कारको अगाडिपट्टी नम्बर प्लेटको थोरै माथि लेखिएको छ – मर्सिडिज बेन्ज।

उक्त कार राजा वीरेन्द्रले प्रयोग गर्ने मर्सिडिज बेन्ज हो । उक्त कार राजा वीरेन्द्रले सार्कको तेस्रो शिखर सम्मेलन हुँदा खरिद गरेका थिए। २०४४ कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा आएका भुटानका तत्कालीन राजा, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका राष्ट्रपति, भारत र पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नेपाल आउँदा उनीहरुको सवारीका लागि प्रयोग गरिएको थियो। नागरिक दैनिकमा छ।

वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको। कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन। राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ।





Comments

comments

Leave a Reply

10455