भ्यालेंटाइन र ल्होसारको लागि राजेश र मौसमी आईपुगे साइप्रस

एचकेनेपाल डट कम संवाददाता –
साइप्रस। प्रेमीहरुको लागि बनाइएको दिवस प्रेम दिवस याने कि भ्यालेंटाइन अनि तामाङहरुको महान चाड ल्होसारलाई भव्य बनाउन कलाकारद्वय राई इज किङ राजेशपायल राई र गाियका मौसमी गुरुङ आज साइप्रस आईपुगेका छन्।

ब्रिटिश गोर्खा फेमिली साइप्रसले आयोजना गर्न लागेको उक्त कार्यक्रममा कमी कमजोरी केही रहन नदिन हरेक किसिमको तयारी भएको कार्यक्रम संयोजकका एक सदस्य सुरेशले बताए।

कार्यक्रम यही आउंदो १४ फेब्रुवरीका दिन लिमसोलमा हुदैछ।

कार्यक्रममा सहभागी हुन गायक राई सिधै आफ्नो मलेसियाको सफल कार्यक्रमपश्चात आएका हुन् भने गायिका मौसमी र इभेन्ट म्यानेजमेन्टका सौरभ श्रेष्ठ आजै नेपालबाट आईपुगेका हुन्। उक्त कार्यक्रमबाट उठेको रकम हालै नेपालमा गएको भूकम्पपीडितलाई सहयोग गरिने आयोजकले बताए।

साइप्रसमा नेपालीहरुको सांगीतिक धमाकाको तयारी पूरा





Comments

comments

Leave a Reply

11043