फिक्सिङको पर्दाफासपछि फुटबलमा नयाँ गति

बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ।

अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा कमाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको खबर नयाँ पत्रिका दैनिकमा छ।

एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर खस्किएको थियो । तर, पछिल्लो तीन महिनामै फुटबलले चामत्कारिक प्रदर्शन गरेको छ।





Comments

comments

Leave a Reply

11154