कवि तथा गीतकार बिजयध्वज थापाको सम्मान तथा भेट्घाट कार्यक्रम

कोलोराडो प्रतिनीधि / एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजना तथा डा.सुदिप प्याकुर्‍याल/रश्मी प्याकुर्‍यालको आतिथ्यमा नेपालबाट भर्खरै अमेरिका भ्रमणमा आउनु भएका कवि/गीतकार श्री बिजयध्वज थापाज्युको सम्मान कार्यक्रम तथा कोलोराडोबासीहरुसँगको भेट्घाट कार्यक्रम प्याकुर्‍याल दम्पती निवास अरोरामा जुन १५ तारिख आइेतबारका दिन सम्पन्न भयो। उक्त कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ गजलकार तथा कथाकार श्री मनु ब्राजाकीज्यु हुनुहुन्थ्यो।

कार्यक्रमको सभापतीको आशनमा अ.ने.सा.स कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभा हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा बोर्ड अफ ट्रष्टी अ.ने.सा.स (कोलोराडो च्याप्टर)बिजयराज शर्मा,तमुधी समाजका अध्यक्ष रमेश गुरुङ,रक्की माउण्टैन फ्रेण्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्य,अ.ने.सा.स.केन्द्रिय महासचिव पदम विश्वकर्मा हुनुहुन्थ्यो।

केशब आचार्यज्युद्वारा संचालित उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका महासचिव कपिल सुबेदीज्युले गर्नुभएको थियो भने श्रष्टा बिजयध्वज थापाज्युको परिचयात्मक मन्तब्य कुमारजङ कार्कीज्युले गर्नु भएको थियो । यसै क्रममा बिभिन्न संस्थाका प्रतिनीधिज्युहरुले पनि आ-आफ्ना मन्तब्य दिनु भएको थियो।

कार्यक्रमको अर्को चरणमा श्रष्टा बिजयध्वजथापाज्युलाई खादा ओडाएर डा.बिजयराज शर्माज्युले सम्मान गर्नु भएको थियो। अ.ने.सा.स कोलोराडो च्याप्टरकोतर्फबाट आचार्य प्रभाले सम्मान पत्र प्रदान गर्नु भएको थियो । उक्त सम्मानपत्रका लिखित सम्मानका हरफहरु संस्थाका सचिव दामोदर लुइँटेलज्युले पढेर सुनाउनु भएको थियो।

सोही कार्यक्रम अन्तर्गत नै कवि तथा गीतकारका श्रीजनाहरु गीती एल्बम र कविता संग्रह गजलकार मनु ब्राजाकीज्युले बिमोचन गर्नु भएको थियो । श्रष्टा बिजयध्वजथापाज्युले आफ्ना केही रचनाहरु बाचन गरेर सुनाउनुका साथै प्रवासमा रहेर पनि अ.ने.सा.स कोलोराडो च्याप्टर र कोलोराडोबासीहरुले सम्मान गरेर आफुलाई अझ हौशला दिनु भएकोमा अनुग्रिहित बन्नुका साथै आफुलाई अत्ती हर्षित भएको अनुभुती ब्यक्त गर्नु भयो। यसै क्रममा डा.सुदिप प्याकुर्‍यालज्युलाईपनि डक्टरेड उपाधी ग्रहण गर्नुभएको खुशीयालीमा संस्थाकी अध्यक्ष आचार्य प्रभाले संस्थाको तर्फबाट खादा ओडाइे सम्मान गर्नु भयो भने यसै सन्धर्भमा डा.सुदिप प्याकुर्‍यालज्युले आफुलाई पनि सम्मान दिएकोमा आफुलाई यस् उपाधिको साथमा अझ कर्तब्यको बोध बढेको खुलासा गर्दै धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रम तोकेको समयानुसार हुन नसकेपनि कार्यक्रम छोटो मीठो हुनुका साथै समयमा नै समापन भएको थियो । कार्यक्रमको अन्त्यमा अ.ने.सा.स कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले श्रष्टा बिजयध्वज थापा लगायत उक्त कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै सो कार्यक्रम सम्पन्न गर्नलाई स्थान उपलब्ध गराइेदिनु हुने प्याकुर्‍याल दम्पतिलाईपनि धन्यवाद दिनु भयो।





Comments

comments

116