संघीय गठबन्धनले आज बालुवाटार घेर्ने…

हुम तमु / एचकेनेपाल डट कम –
काठमाडौं, संघीय गठबन्धनको काठमाडौं केन्द्रीत आन्दोलन अन्तर्गत मंगलवार बालुवाटार घेर्ने भएको छ।

आन्दोलनरत पहिचानवादी २९ दल तथा मोर्चाहरुको संघीय गठबन्धनको बैठकले आज मंगलवार बालुवाटार घेर्ने निर्णय गरेको हो । बैठकले गठबन्धनद्धारा काठमाडौंमा जेठ १ गते गरेको प्रदर्शन, जेठ २ र ३ गतेको ंिसहंदरबार घेराउ कार्यक्रम भव्य सफल भएको निष्कर्ष निकालेको छ।

सिंहदरबार घेराउ कार्यक्रममा प्रहरीको घाइते बनाईएका ११ जना आन्दोलनकारीलाई उपचार गराउन सरकारसँग माग गठबन्धनले गरेको छ । शान्तिपुर्ण आन्दोलनमा भिजिलान्ते प्रयोग गरी कार्यक्रम विथोल्न खोज्ने रबैयाको गठबन्धनको बैठकले कडा आपत्ति जनाउदै, यदि सरकार यस्तै चाहने हो भने अधिकार सुनिश्चित गराउन सशस्त्र आन्दोलनका लागि तयारी हुनुपर्नेमा गठबन्धनका अधिकाशं मोर्चाहरुको जोड दिएका थिए।

यसरी नै कार्यक्रमका लागि विभिन्न जिल्लाहरुबाट काठमाडौं प्रवेश गर्ने सवारी साधनहरुलाई अनाश्यक अवरोध गरी धम्क्याउने, गाली गलौज एवं प्रवेश गर्नै नदिने आतंकित मानसिकताबाट सरकारको आयु सकिन लागेको गठबन्धनले दावी गर्दै जनतालाई अनाश्यक दुख दिने कार्य नरोके काठमाडौं नै घेराबन्दी गर्ने गठबन्धनले चेतावनी दिएको छ । गठबन्धनको शान्तिपूर्ण अधिकारमुखी आन्दोलनलाई विफल बनाउन नाममा काठमाडौं प्रवेशका लागि १०, १२ घण्टा जाम गराई जनतालाई दुख दिने कार्य तुरुन्त रोक्न र स्वतन्त्रपूर्वक आवात जावात गर्ने, शान्तिपूर्ण भेला, सभा सम्मेलन, कार्यक्रम गर्ने अधिकार कुण्ठित नगराउन सरकारलाई चेतावनी गठन्धनले दिएको छ ।

शान्तिपूर्ण घेराउकै क्रममा सुरक्षाकर्मीहरुलाई ढुंगा प्रहार गरी उत्तेजना फैलाउन खोज्ने भिजिलान्ते सादा पोशाकका दुई जना सुरक्षाकर्मीलाई आन्दोलनकारीले पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए ।

दुईदिने सिंहदरबार घेराउ कार्यक्रमले काठमाडौं उपत्यका भित्रको यातयात अत्यन्त प्रभावित भएको थियो ।

सिंहदरबार घेराउ कार्यक्रममा विभिन्न जातिय समुदायहरु आआफ्नै पोशाक, बाजागाजा, झण्डा व्यानरमा झाँकीसहित सहभागी भएका थिए । उक्त कार्यक्रमले हिमाल, पहाड, तराई मधेश र मेची—महाकालीलाई एकै मालामा गाँसेको आन्दोलनरत पक्षको दावी छ।

दुईदिने सिंहदरबार घेराउ समापन कार्यक्रममा बोल्नु हुदै संघीय समाजवादी फोरमकी केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवले आफूहरु सिंहदरवारलाई साझा दरबार बनाएर मात्रै सिंहरदारवार प्रवेश गर्ने बताउनुभयो । यो देश सबैको साझा हो, साझा बनाइनु पर्दछ, प्रतिगामी संविधान पुर्नलेखन गरी सबैको पहिचान, अधिकार, स्वाभिमानको सम्मान नगरिएसम्म आन्दोलन सशक्त बनाउदै लैजाने चेतावनी दिनुभयो । हामी अहिले सिंहदरबार प्रवेश गर्न चाहेका होइनौं, हाम्रा सिंहदरबारमा बसेका स्यालहरुले सुनोस भनेका हौं तर दमन गर्ने योजना बनाए, अब जेठ ४ गते बालुवाटार घेर्दै छौं, बालुवाटारमा पनि समान साझेदारी खोज्दैछौं, यादवको भनाई थियो ।

बहुसंख्यक जनताले अस्विकार गरेको कालो संविधानबाटै स्थानीय निर्वाचनको कुरा गरिरहेको सरकारलाई हिम्मत छ भने संविधानमा जनताका अधिकार सुनिश्चित गरेर स्थानिय चुनाव गर, तिमीहरुको हालत के हुन्छ भन्दै यादवको चुनौति थियो । संविधानमा संघीय गठबन्धनले उठाएको मागहरु पुरा नभएसम्म निर्वाचनको सपना नदेख्न उहाँको सुझाव थियो । हामी काठमाडौंमा आन्दोलनको टेलर प्रर्दशन गरिरहेका छौं, हाम्रो माग सुनुवाई नभई आन्दोलनको आँधीबेहरीले प्रतिगामीहरु एकै खाडलमा पर्ने उहाँको चेतावनी थियो ।

संघीय गठबन्धनको प्रवक्ता समेत रहनु भएको संघीय जनमुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष परशुराम तामाङले गठबन्धनको मागको सुनुवाई होस भन्दै मंगलवार बालुवाटार घेर्ने उद्घोष गर्नुहुदै हिमाल, पहाड, तराई मधेशका विगतदेखि विभेद सहदै आएका जनताको आन्दोलनलाई मधेशको मात्रै आन्दोलन भनेर अपव्याख्या नगर्न मिडियाहरुलाई आग्रह गर्नुभयो ।

संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष विष्णुकुमारी तुम्बाहाम्फेले संविधान पुर्नलेखन गरी आदिवासी जनजाति, मधेशी, दलित, उत्पिडित जनताको माग सुनुवाई नभएसम्म जवरजस्त जारी गरिएको प्रतिगामी संविधान कुनैपनि हालतमा नमान्ने बताउनुभयो । उहाँले पहिचान र अधिकार सुनिश्चित नहुञ्जेलले आवाश्यक परे जस्तोसुकै लडाईका निम्ती आफुहरु तयार रहेको चेतावनी दिनुभयो । ओली सरकारलाई म्यादी नभई मण्डले सरकारको संज्ञा दिनुहुदै नेतृ तुम्बाहाम्फेले राजीनामा दिई सिंहदरबारलाई पुर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गठबन्धनमा आवद्ध दल र मोर्चाका दर्जनौ नेताहरुले आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।





Comments

comments

Leave a Reply

12489