यसरी टुङ्गियो इंल्याण्डको युरोकपको यात्रा…



रोशन मेवाहाङ / एचकेनेपाल डट कम-

लण्डन, १४ असार । आइसल्यान्ड युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार साँझ सम्पन्न प्रतियोगितामा इंग्ल्यान्ड र आइसल्यान्डवीच भएको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई २–१ ले हराउँदै आइसल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

इंग्ल्यान्डका जर्सी नंम्बर ७ राहिम स्टर्लिङले विपरीत पक्षको सानो डिबक्सभित्र पुर्याएको राहिमलाई आइसल्यान्डका गोलकिपरले अड्काउँन खोज्दा प्यानल्टी पाएका थिए । खेल सुरुवात भएको तिन मिनेटमै इंग्ल्यान्डले प्यानल्टी पाएका थिए । उक्त प्यानल्टीलाई इंग्ल्यान्डका रोनिले गोलमा परिणत गर्दै उज्यालो अग्रता लिएका थिए । ५औ मिनेटमा आइसल्यान्डका राग्नरले नजिकको दूरीबाट गोल गर्दै आइसल्यान्डलाई खेलको बराबरीमा ल्याएका थिए । खेलको १८औ मिनेटमा आइसल्यान्डका जर्सी नंम्बर ९ सिगथोरसनले प्रहार गरेका बललाई इंग्ल्यान्डका गोलरक्षक जो हार्टले राम्रोसँग अनुमान लगाउन नसक्दा गोल हुन पुगेको थियो।

१२ बर्षको लामो अन्तरालपछि दुई राष्ट्रवीच युरोकपको प्रतियोगितामा रवाफिलो प्रतिस्पर्धा गर्ने मौका पाएका हुन । इंग्ल्यान्डका प्रबन्धक रोय हड्सनले आइसल्यान्डले लामो दूरीबाट प्रहार गरेको बलप्रति आफना खेलाडीलाई सचेत गराएका थिए । हड्सनले दिएका सूचनालाई पालन नगर्दा इंग्ल्यान्डले युरोकपको उपाधि जित्ने सपना टुंगाएको छ।

खेलको निर्धारित ९० मिनेटको समयसम्म पनि इंग्ल्यान्डले गोल थप्न नसकेपछि इंग्ल्यान्डको उज्यालो अग्रता अध्यारो मुहारमा परिणत बनेको छ । आखिर आइसल्यान्डका जर्सी ९ले १८औं मिनेटमा गरेका गोल नै निर्णायक गोल हुन पुगेको थियो । आइसल्यान्डलाई दबाबमा राखेको इंग्ल्यान्डले केही राम्रा सटहरु प्रहार गरे पनि गोलमा परिणत हुन सकेन ।

आइसल्यान्डले आगमी खेल क्वाटरफाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।





Comments

comments

Leave a Reply

13242