जबर्जस्ती करणीबाट १३ वर्षमै आमा

काठमाडौंमा बस्दै आएकी जुनु (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन्। बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए। १० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटना भयो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन, १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो।

कीर्तिपुर-बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यापारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बााहिर निस्कँदै थिइन्।

भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक- पटक बलात्कारको सिकार बनाए। दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो।

छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए। त्यसपछि न्याय माग उनीहरु प्रहरीमा पुगे। प्रहरी अनुसन्धानपछि ३० फागुन २०७२ मा जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो। अदालतले प्रारम्भिक सुनुवाइपछि दासलाई थुनामा राखेर मुद्धाको सुनुवाइ थालेको खबर राजधानी दैनिकले छापेको छ।

निरन्तर सुनुवाइपछि बुधवार जिल्ला न्याधीश हेमन्त रावलले १३ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भवती बनाउने भारतीय नागरिक दासलाई १५ वर्ष कैद हुने फैसला सुनाए। फैसलामा पीडित किशोरी र बच्चाको भरण पोषणका लागि पीडित पक्षबाट २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने उल्लेख छ।





Comments

comments

Leave a Reply

13384