पत्नी / प्रेमिकालाई मन्त्री बनाउने खेल

काठमाडौं, समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रैमती, प्रेमिका, साली तथा नातेदारहरुलाई समानुपातिबाट सभासद् बनाएका थिए ।

नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाहिँ मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रैमीहरुलाई बसीसख नण्ठी सुखको अवस्थामा पुर्याएका छन् ।

नयाँ गठबन्धन सरकारका पर्दापछाडीका सारथी हुन भने शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन् ।

देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झैं पत्नीको रहर सरेको कांग्रेसभित्र चर्चा छ ।

यसको अर्थ हो– तारतम्य मिल्यो भने आरजु देउवा अब मन्त्री बन्नेछिन् ।

त्यसैगरी राजेन्द्र महतोको पत्नी शैलीदेवी महतो पनि मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन्,– हाम्रो पार्टीलाई मन्त्रीपद मिल्यो भने शैलीदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका खबर आजको साँघु साप्ताहिकमा छ ।





Comments

comments

Leave a Reply

13692