न्युज अपडेटः तुफानी आतंकबाट अस्तव्यस्त बनेको हङकङको जनजीवन सामान्यतर्फ

न्युज अपडेटः तुफानी आतंकबाट अस्तव्यस्त बनेको हङकङको जनजीवन सामान्यतर्फ
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ अगष्ट। लगभग १६ घण्टाको तुफानी आतंकबाट अस्तव्यस्त बनेको हङकङको जनजीवन अहिले सामान्यतर्फ उन्मुख भएको छ। टाइफून निडा नं. ८ (आँधीबेहरी) ले हङकङको जनजीवन सोमबार रातिदेखि मंगलबार मध्यान्हसम्म करीव १६ घण्टासम्म अस्तव्यस्त बनाएको थियो।

टाईफून निडाले हङकङलाई छोडेर गएपछि यहाँको जनजीवन सामान्यतर्फ फर्केको हो। शक्तिशाली टाईफूनका कारण बन्द गरिएका यातायात सेवाहरु, शैक्षिक तथा व्यापारिक प्रतिष्ठानहरु पुनः सुचारु भएका छन्।


फाइल फोटोः एएफपी

हङकङमा १९८३ पछिकै सबैभन्दा शक्तिशाली अाँधीबेहरी, १ सय भन्दा बढी हवाई उडानहरु स्थगित… हङकङको जनजीवन अस्त व्यस्त…

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ अगष्ट। सन् १९८३ पछिकै सबैभन्दा शक्तिशाली अाँधीबेहरी (टाइफून निडा नं. ८ ) ले हङकङको जनजीवन अस्तव्यस्त बनाएको छ।

अाँधीबेहरीका कारण रेल, पानीजहाज र विमानका हजारौं यात्रु प्रभावित भएका छन्। विद्यालय, व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्।

सयौं हवाई उडान स्थगित भएका छन्। रेलसेवा घटाईएको छ भने धेरैजसो केएमबी र सिटी बसहरु स्थगित भएका छन्। जलमार्गमा सञ्चालित फेरी सेवा सोमबार साँझदेखि नै बन्द भएका छन्।

हङकङको युन लङमा टाईफून नं. ८ को असर। व्यस्त सडक बन्द छन्। सवारी साधन कहिलेकाही कममात्रामा गुडेका छन्। झ्याल खोल्न सकिने अवस्था छैन। हङकङमा १९८३ पछिकै सबैभन्दा शक्तिशाली अाँधीबेहरी चलिरहेको छ…

Posted by HKNepal.com on Monday, 1 August 2016


हङकङको युन लङमा टाईफून नं. ८ को असर। व्यस्त सडक बन्द छन्। सवारी साधन कहिलेकाही कममात्रामा गुडेका छन्। झ्याल खोल्न सकिने अवस्था छैन। हङकङमा १९८३ पछिकै सबैभन्दा शक्तिशाली अाँधीबेहरी चलिरहेको छ…

……………………

हङकङमा डरलाग्दो आँधीबेहरीको संकेत, १ सय भन्दा बढी हवाई उडानहरु स्थगित…
हङकङ १ अगष्ट। हङकङमा सोमबार रातिदेखि डरलाग्दो आँधीबेहरी आउने भएको छ। हङकङको मौसम विभागले पौने ९ बजेदेखि टाइफून नं. ८ सिग्नल शुरु भइसकेको जनाएको छ।

यो टाइफून निडा नं. ८ (आँधीबेहरी) को लक्षण डरलाग्दो हुने भएपछि सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा रहन सरकारले आग्रह गरेको छ।

टाइफून निडाका कारण एकसयभन्दा बडी हवाई उडानहरु स्थगित भएको हङकङ विमानस्थलका अधिकारीले बताएका छन्। क्याथे प्यासेफिक र ड्रागन एयरले सोमबार राति १० बजेदेखि भोलि मंगलवार अपरान्ह २ बजेसम्म सबै उडान स्थगित गरिएको जनाएको छ।

त्यसैगरी, कतिपय सार्वजनिक यातायात सेवा तथा पसलहरु बन्द भएका छन्। जलमार्गमा चल्ने सम्पूर्ण फेरी सेवा बन्द भएका छन् भने भूमिगत रेल सेवा पनि बन्द गरिने तयारी भइरहेको छ।

सरकारले 2835-1473 नं. को आपतकालीन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

त्यसै गरी चीनको गुआंगजौमा पनि रेड स्टोर्म अलर्ट जारी गरिएको छ। कम्तीमा १३० किलोमिटर प्रति घण्टा अाँधी चल्ने अनुमान गरिएको छ। मंगलवार त्यहाँका विद्यालय र घरबाहिर गरिने सबै कामहरु बन्द गरिएको सिन्हुआ समाचार एजेंसी जनाएको छ।

हेर्नुहोस् फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट:
यसरी छुदैछ हङकङलाई डरलाग्दो आँधीबेहरीले।

हङकङमा टाइफून निडा नं. ८ (आँधीबेहरी) आउनअघिको अवस्था…

Posted by HKNepal.com on Monday, 1 August 2016

.

दक्षिणी चीनमा टाईफून (अाँधी) ले उडाएको एक महिलाको भिडियो। (यो कहिले र कहाँ भएको हो पुष्टि हुन नसकेको)

Posted by HKNepal.com on Monday, 1 August 2016

दक्षिणी चीनमा टाईफून (अाँधी) ले उडाएको एक महिलाको भिडियो। (यो कहिले र कहाँ भएको हो पुष्टि हुन नसकेको)






Comments

comments

Leave a Reply

13702