यस्तो छ, श्याम सामसोङ राईको नयाँ म्युजिक भिडियो…

गायक श्याम सामसोङ राई बिगत लामो समयदेखि गीत संगीत साधनामा लिप्त छन्। उनको घुम्टो खोल मुस्कुराउ बोलको पहिलो गीत २०५७ सालमा साउण्ड लिंक स्टुडियोमा रेकर्ड भएको थियो।

तर उनको एकल एलबम मुर्चुङगा २०६४ सालमा मात्र सार्बजजिक भएको थियो जसको टाइटल ट्रयाक मुर्चुङगामा रोए म सारंगीमा रेटिए बोलको गीत दर्शक श्रोताबाट धेरै रुचाइएको थियो । त्यसको ३ बर्ष पछि उनको दोस्रो एकल एलबम साइमा सार्बजनिक भएको थियो। जसका मैच्याङ हौ मैच्याङ हो घुम्न जाऊ न सुन्तले डाडैमा तथा कस्तो कस्तो हुने रैछ केले केले छुने रैछ जस्ता गीतहरु दर्शक श्रोताले निकै रुचाए । मुर्चङगा एलबम निस्केको ठीक ९ बर्ष पछि त्यसैको निरन्तरताको रुपमा आफनो तेस्रो सिर्जना मुर्चुगा २ नामक गीति एलबम लिएर एक पटक फेरी दर्शक श्रोता सामु आएका छन् गायक श्याम । यस बाहेक उनले राई बान्तवा भाषामा पारुहाङ निन् सुम्निमा र साकेन्वा मुन्दुम नामक २ वटा गीति एलबम पनि निकालेका छन्।

थोरै गीत तर स्तरीय निकाल्न रुचाउने गायक श्याम बर्तमानमा रेष्टुरेण्ट ब्याबसायी पनि हुन् । उनको बिनायो क्याफे एण्ड रेष्टुरेण्ट नामको फेमिली रेष्टुरेण्ट काठमाण्डौको मुटु अनामनगर चोकमा सञ्चालनमा रहेका छ। गीत संगीत क्षेत्रका ब्यक्ति ब्यक्तित्वहरुको बाक्लो जमघट हुने उक्त रेष्टुरेण्ट निकै ब्यस्त हुने गर्दछ।

भोजपुरको तिम्मा गा.बि.स. मा जन्मेर काठमाण्डौ हुदै भारतीय राजदूताबासबाट छात्रबृत्ति पाएर भारतको लखनऊ स्थित भातखण्डे संगीत बिश्व बिद्यालयबाट संगीत बिषयको गहिरो शिक्षा पाउने भाग्यमानी ब्यक्ति पनि हुन श्याम । गीत संगीत बाहेक पढ्न तथा घुम्न रुचाउने गायक श्यामले पछिल्लो समय डकुमेन्ट्री मेकिङमा पनि हात हालेका छन् । उनको पिखुवा एन एक्स्पेडिशन नामक पहिलो बृत्तचित्र ३ बर्ष पहिले तयार भएको थियो त्यसको २ बर्ष पछि ऋतुहरुमा भोजपुर नामक बृत्तचित्र तयार भयो भने यसै बर्ष हलचोक रिकन्स्ट्रक्शन प्रोजेक्ट नामक बृत्तचित्र पनि तयार भई सकेको छ । जुन २०७२ बैशाख १२ को बिनासकारी महाभूकम्प पछिको पुननिर्माणको बिषयमा आधारित छ । उनै बहु प्रतिभाशाली ब्यक्तिको मुर्चङगा २ नामक तेश्रो एकल गीति एलबम कबि तथा बरिष्ठ गीतकार भुपाल राईको प्रमुख आतिथ्यमा सार्बजनिक भएको छ।





Comments

comments

Leave a Reply

14491