माओवादीलाई २६ लाख घाटा

सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ।

केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ।

आर्थिक बर्ष सकिएको छ महिनाभित्र रहेक बर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यत छ।

प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म १ सय १० मध्ये २६ दलले मात्र बुझाएको खबर आजको नागरिक दैनिकले छापेको छ।





Comments

comments

Trending Now : विप्लव समूह बदलाको मनस्थितिमा