यूकेबासी गोरखाहरुलाई विशेष आव्हान…



यूकेबासी गोरखाहरुलाई विशेष आव्हान

आदरणीय वेलायतबासी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु, अविवादन !

केहि हप्ता अघिबाट हामीले हाम्रो नेपाली नागरिकता निरन्तरता अभियानका लागि आयोजित कार्यक्रममा उपस्थित हुन सम्पूर्ण यूकेबासी गोरखा समुदायलाई आव्हान गर्दै एउटा सूचना प्रवाह गरिरहेकाछौं।

सायद यो बिषयलाई यहाँहरुले गम्भीरता कासाथ लिई, उपस्थित हुनुहुनेछ, भन्नेमा आशावादी छु।

स्मरणीय कुरो केहो भने, हामीले बेलायतमा आवासीय अधिकार पाएकोमा गर्व गरिरहंदा, हाम्रा भावी सन्ततिहरुका नेपाली राष्ट्रियता गुमाउने गल्ति गर्नुहुदैन । यो भावी सन्ततिहरुमाथि हामीले गरेको महाअपराध साबित हुनेछ। कारण नेपाली नागरिकता निरन्तरताको व्यवस्था हाम्रो पुस्ताले कायम गराउन सकेनौं भने हाम्रा दोश्रा, तेश्रा पुस्ताले यो अधिकार खोज्ने आधार नै रहदैन।

भोलिको बेलायत कसले देखेकोछ ? परिस्थिति अर्कै हुन नसक्ने के ग्यारेन्टीछ ? त्यतिखेर हामीले हाम्रा सन्ततिहरु शरणार्थी शिविरमा जिउनु परेको कल्पना गर्न सक्छौ ? उदाहरणः भुट्निज नेपालीहरुलाई हेर्नोस्!

त्यसैले अहिले हामी सबै सङ्ठित भएर पहल गरौँ, यो सम्भवछ । सबैले आफ्नै सन्ततिका लागि आफै पहल गर्नुपर्ने दायित्व बोध गरेर आगामी फेब्रुवरी ४ कादिन अल्डर्सटमा आयोजित बिशुद्ध ब्रिटिश गोरखाका नेपाली नागरिकता निरन्तरताको छलफल कार्यक्रममा अनिवार्य उपस्थित भई आफ्नो महत्वपूर्ण राय सुझाव दिनुहोला।

यदी उल्लेख्य सहभागिता, साझा सहमती र सहयोग हुन नसके, हामी यो अभियानलाई अघि बढाउन आवश्यक ठान्ने छैनौ । कारण सबैका लागि २, ४ जनाले प्रयास गरेर सम्भव हुँदैन।

त्यसर्थ उक्त दिन अवश्य आउनुहोस, साझा सहमतिबाट सशक्त अभियानको रणनीति बनाएर हाम्रो र भावी सन्ततिहरुको अधिकार सुरक्षित र सुनिश्चित गरौँ।

उपस्थित हुने मिति, समय र स्थान:
मितिः 4th Feb 2017
समयः 11:30 am to 18:00 pm
स्थानः EMPIRE Banqueting & HALL, High Street, Aldershot, Hampshire
GU11 1DJ.

-सन्तोष थलङ

(२५ जनवरी, सन २०१७)
….
….





Comments

comments

Leave a Reply

16042