बेलायतमा यसरी लोकप्रिय बन्दैछन् नेपाली राजदूत डा. सुवेदी…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, माघ १८ । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीहरुले भोक्दै आईरहेका समस्याहरुलाई मध्यनजर गरी दूतावासको कार्यशैलीमा आमुल परिवर्तन ल्याएपछि उनी बेलायतवासी नेपालीहरुमाँझ लोकप्रिय बन्दै गइरहेका छन्।

झापा जिल्लामा जन्मिएका सुवेदीले झापाबाट प्रवेशीकाको अध्ययन सकेलगतै उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं लागेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको अध्ययन सकेपछि अन्तर्रा्ष्ट्रिय कुटनीतिक विषयमा स्नातकोत्तर अध्ययनका लागि बेलायत आएका थिए।

आफूलाई बाल्यकालदेखि नै कुटनीतिकप्रति अत्यन्तै रुचि भएका कारण अध्ययन पनि त्यँहि मोड सँग-सँगै नेपाल र नेपालीहरु प्रतिको मायालाई भने उनले छाडेनन्।

प्रगतिको मार्गलाई मात्र अग्रपंतिमा नराखि आफनो कर्म र जिम्मेवार प्रतिको इमान्दारीता साथै कडा संघर्षका कारण विभिन्न देशमा कुटनीतिज्ञका रुपमा कार्यभार सम्हालि छोटो समयमै बेलायत जस्तो विकसित र प्रजातान्त्रिक मुलुकमा कदरकासाथ नेपाल सरकारको प्रमुख कार्यालयले डा. सुवेदीलाई लण्डन दूतावासकालागि राजदूत पदमा नियुक्ति गरेको हो।

‘नेपाल देश छ रत नेपाली हुनुमा गर्व गरिएको छ ।’ जस्को तात्पर्य स्वरुप एक नेपालीले अर्को नेपालीको भावनालाई बुझ्ने अनि देशका लागि राम्रा कामहरु गरी नेपालको नाम उच्च बनाउनु पर्छ भन्ने डा. सुवेदीको सोचाईलाई हरेक बेलायतवासी नेपालीहरुले सामाजिक संजाल र अखबारतिर छ्यापछ्याप्ति गुणगान र प्रशंसा गर्न थालेका छन् ।

बहादुर शमशेर जबराको पालामा लण्डन दूतावास स्थापना भएको हो । १९ औ स्थानसम्म नियुक्ति भएको राजदूतहरुको कार्यशैली र योगदानप्रति बेलायतवासी नेपालीहरुले परिवर्तनको खासै अनुभव गरेका थिएनन् । विभिन्न स्थानमा रहेका प्राय नेपालीहरुले दूताबास कार्यालयको कार्यशैलीप्रति विभिन्न आलोचना र गुनासाहरुमात्र गरिरहेका हुन्थ्थे । तर आज बेलायतवासी नेपालीहरुको सुविधाका निम्ति कार्यभार सम्हालेका डा सुवेदीलाई छोटो समयमा नै नेपालीहरुले नर्विसने र गर्दा हुने निम्न उल्लेखित दूतावासको कार्यशैली परिर्वतन गरी जनताको ढुकढुकीमा छाउन सफल भईरहेका छन्।

दूरदर्शिता र अब्बल नेतृत्वका धनि डा. सुवेदी हरेक नेपालीहरुको दुःख कष्ट बुझेका अनि नेपालीहरुले लण्डन दूतावासमा आउदा लाग्ने समय,साधन र खर्चलाई आफनै खर्च सम्झि आगामी दिनमा लण्डन दूतावासमै जानु पर्ने बाध्यतालाई मूल्यांकन गर्दै हुलाक मार्फत आफनै घरमा प्राप्त गर्न सकिने परियोजना रहेको छ जस्ले २ लाख ५० हजार बेलायतवासी नेपालीहरुको रोजिरोटीमा ठूलो सहयोग पुग्ने सम्भावना छ।

उनले दुईदेखि तीन दिनसम्म नेपाली भिषा, घर जग्गाको कागज–पत्र, भ्रमण–पत्र लगायत विभिन्न किसिमका समस्याहरुलाई एकै दिनमा वितरण गर्ने व्यवस्था लागुगर्दा नेपालीहरुलाई सहज बनिरहेको केहि नेपालीहरुले बताए।
….
….
लण्डन दूतावासमा यसभन्दा अघि फोटोकपि मेशिन नहुदा फोटोकपि गर्नकालागि घण्टौ समय खर्चिन्दै फोटोकपि मेशिन खोज्न जानु पर्ने बाध्यता नेपालीहरुको समस्यालाई आफनै समस्या सम्झन्दै डा. सुवेदीले दुई वटा फोटोकपि मेशिन कार्यालयमा जडान गरिदिएका छन्।

उनले भने-‘गोर्खालीप्रति उच्च प्रेम र कृतज्ञताको मिठो भावना रहेको छ ।’ गोर्खाहरुको बहादुरी, बफादारीता, ईमान्दारिता, कर्तव्यनिष्ठासहित उच्च कदर र प्रशंसाका साथ गोर्खाहरुले पाएका अतिविशिष्ट पदक भिक्टोरिया क्रस पाउने १३ जनाको तस्विर स्थायी रुपमा दूतावास कार्यालयमा अनावरण गरेर सतवार्षिकी महोत्सव मनाईने स्रोतले जानकारी दिएका छन्।

दूतावास कार्यालयमा भिषाकालागि लिईने आवेदन–पत्रको समय अवधि २ बजेसम्म मात्र थियो। त्यस समयलाई बढाई ५ बजेसम्मका लागि कार्यनीति ल्याएका छन् । जुन नीतिले लण्डन भन्दा बाहिरका नेपालीहरु बढि मात्रमा लावन्धित भएका छन् ।

डा.सुवेदी नेपाली कला, संस्कृति र साहित्यलाई समेत उतिकै रुचि राख्ने पुष्टि हालै उहाँले अभिनय गर्नुभएको राष्ट्रिय भावनाले झल्किएको ‘भाषा,कला संस्कृति जोगाउने हो नेपाली मेला’ बोलको म्युजिक भिडियामा मुख्य भुमिकामा अभिनय निर्वाह गरी नेपाल र नेपाली प्रतिको भावनात्मक प्रेम दर्शाएका छन्।
….

….





Comments

comments

Leave a Reply

16086