कुवेतबाट आयो ५ करोड क्षतिपूर्ति (नामसहित)

काठमाडौं, ४ फागुन । कुवेतमा काम गर्दा ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई कम्पनीहरूबाट पाँच करोड रुपैयाँ क्षतिपूर्ति उठेको छ । नेपाली दूतावासले स्थानीय कानुन व्यवसायीको मद्दतमा पछिल्लो डेढ वर्षमा सो परिमाणको रकम उठाएको हो।

दूतावासले यसरी उठेको रकम परराष्ट्र मन्त्रालयमा पठाइसकिएको जनाएको छ । ‘दूतावासको निरन्तर प्रयत्नको फलस्वरूप गत डेढ वर्षमा उल्लेखनीय रूपमा क्षतिपूर्ति रकम प्राप्त भई मृतक कामदारहरूको क्षतिपूर्तिबापतको बिमा रकम, बाँकी तलब, सेवापछि पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग पाँच करोड पाँच लाख उनन्चास हजार सात सय एघार रुपैयाँ सम्बन्धित कामदारहरूको कानुनी हकदारले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकिएको छ,’ दूतावासले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले अन्य ३४ जना मृतक कामदारको नाममा प्राप्त भएका दुई सय कुवेती दिनारभन्दा कम रकमसमेत नेपाल पठाइएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

क–कसका नाममा क्षतिपूर्ति ?

-दीपक श्रीमल, चितवन
(एक करोड ४२ लाख ७० हजार)

-चन्द्रबोल राई, खोटाङ
(८९ लाख १२ हजार रुपैयाँ

-जितबहादुर कटुवाल, तेह्रथुम
(५६ लाख ११ हजार ४४८ रुपैयाँ)

-हिकमान तामाङ, नुवाकोट
(४६ लाख ७३ हजार ७२१ रुपैयाँ)

-जनकबहादुर बस्नेत, दाङ
(२९ लाख ८३ हजार ५३२ रुपैयाँ)

-कामीसिंह गोले, मकवानपुर
(२९ लाख २९ हजार ८४८ रुपैयाँ)

-यामबहादुर बस्नेत, तनहुँ
(२९ लाख १२ हजार ३०४ रुपैयाँ)

-गजेन्द्र विश्वकर्मा, संखुवासभा
(७ लाख ३७ हजार रुपैयाँ)

-आइतराज तामाङ, मोरङ
(७ लाख २५ हजार ३६७ रुपैयाँ)

-सुकान चौधरी, बारा
(७ लाख १२ हजार ६०३ रुपैयाँ)

-चित्रबहादुर कुँवर, रुकुम
(६ लाख ४३ हजार ७३० रुपैयाँ)

-नरबहादुर चेम्जोङ, पाँचथर
(३ लाख ९२ हजार ६६९ रुपैयाँ)

-दुर्गाबहादुर थापा, गुल्मी
(३ लाख ८५ हजार ३५७ रुपैयाँ)

-अमृतकुमार बम्जन, मकवानपुर
(३ लाख ५१ हजार ८०९ रुपैयाँ)

-ऋषिप्रसाद सापकोटा, काभ्रे
(२ लाख ९० हजार ३१८ रुपैयाँ)

-सत्यनारायण साह सोनार, धनुषा
(२ लाख ६३ हजार ४८३ रुपैयाँ)

-दिलबहादुर तामाङ, दोलखा
(२ लाख ४२ हजार १०७ रुपैयाँ)

-खड्गकुमार राई, ओखलढुंगा
(२ लाख ३८ हजार ५१० रुपैयाँ)

-वीरबहादुर गुरुङ, तनहुँ
(२ लाख ३७ हजार ९८४ रुपैयाँ)

-आईबहादुर दर्जी, मुस्ताङ
(२ लाख ३२ हजार २४० रुपैयाँ)

-रामपुकार भण्डारी, महोत्तरी
(१ लाख ८५ हजार २६४ रुपैयाँ)

-विजय विश्वकर्मा, रुपन्देही
(१ लाख ८३ हजार १५९ रुपैयाँ)

-गोविन्द विक, स्याङ्जा
(१ लाख ६८ हजार ४२२ रुपैयाँ)

-सुताई साह तेली, धनुषा
(१ लाख ५२ हजार ६५१ रुपैयाँ)

-देवराज ककली, रुकुम
(१ लाख ५२ हजार १०६ रुपैयाँ)

-दुलार ठाकुर हजाम, महोत्तरी
(१ लाख २७ हजार ३१६ रुपैयाँ)

-केशरबहादुर नेम्वाङ, पाँचथर
(८७ हजार ७२०)

-सुनिता गुरुङ, संखुवासभा
(८७ हजार ७२०)





Comments

comments

Leave a Reply

16248