हङकङमा महिला हिंसाबिरुद्ध यसरी उर्लिए आवाज …

एचकेनेपाल डट कम –
हङकङ, एशियन माइग्रेन वर्कसको आयोजनामा गत आइतवार सेन्ट्रल हङकङको एडिन्बर्गमा वान बिलियन राइजिङ नारासहित महिला घरेलु हिंसाविरूद्ध आवाज उठाउँन सम्पूर्ण माइइग्रेन वर्कसहरू सहभागी भए। कार्यक्रममा फिलिपिनो, इण्डोनेशिया थाईल्याण्डलगायत नेपाली माइग्रेन वर्कसहरूको पनि सहभागिता थियो।

यो कार्यक्रम अरु कार्यक्रम भन्दा निकै पृथक थियो। कार्यक्रमको सुरूमा एशियन माइग्रेन कोर्डिनरी बडिलगायत अन्य संस्थाका अध्यक्षहरूले प्रेशकन्फ्रेन्समा बोल्दै विश्वमै महिला कामदारहरू हिंसा निर्मुल पार्न नयाँ नीति नियम बनाउँनु पर्ने माग राखेका थिए।

यसै अवसरमा नेपालको तर्फबाट ओभरसिज नेपाली वर्कस एशोसियसन हङकङका उपाध्यक्ष पूर्णिमा शाहले कार्यक्रममा बोल्दै कतिपय मुलुकमा महिला कामदारको छुट्टै कानुन नबनेको र सोही मुलुकहरूमा महिला कामदारको हिंसा बढि भईरहेको टिप्पणी गरिन्। सबै एकजुट भएर महिला हिंसाविरूद्ध नयाँ अभियानका साथ क्रान्ति ल्याअौं भन्दै उनले विश्वभरकै महिला कामदारलाई आह्वान गरिन्।

कार्यक्रममा नयाँ अभियानका साथ सामुहिक सोलीडारिटी नृत्यका साथै विविध साँस्कृतिक कार्यक्रम ,सोलीडारिटी गीतका साथै विशाल र्यालीको आयोजना गरिएको थियो।

बिगत चार बर्षदेखि उक्त स्थानमा” राइजिङ रेभोलेशन” नाराका साथ कार्यक्रम हुदै आइँरहेको छ । गत आइतवार १२ फरवरीमा पनि सोही स्थानमा अपरान्ह एक बजे उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

16257