नाङ्गा बाबाहरुलाई ढोग्ने समाजले मैले कलाकारिता देखाउंदा किन गाली गर्ने?..- नायिका रिया श्रेष्ठ

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: बिगत आठ बर्षदेखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन्।

उनी भन्छिन्- धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पूजा गर्दै शिर निहुराएर ढोग्न र आशिर्वाद लिन तँछाड मछाड गर्न हुने तर हामी कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने? रिया थप्छिन् बिश्वको कलाकारिता इतिहासमा कहाँ कुन ठाउंमा चाहि हट एण्ड सेक्सी डान्स नभएको छ ? एउटा पोर्न स्टार नेपाल आउंदा फाईभ स्टार होटलमा स्वागत सत्कार र मान मर्यादा दिन सक्ने नेपली समाज मैले नृत्य गर्दा किन नकारात्मक सोच्छ? हामीले कलाकारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने ? यस्तै यस्तै गुनासो पोख्दै उनी भन्छिन् मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो ब्यबसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो।

लामो समयको संघर्षपछि आफूलाई नृत्य, अभिनयमा पोख्त बनाई यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तीन दर्जन भन्दाबढी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन्।

मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ। त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनी अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन्।

काठमाडौँकी स्थायी बासिन्दा रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन्। नृत्य र अभिनयमा पोख्त रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन्। चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी भित्रको आकर्षण पनि हो।

उनी अभिनय, नृत्य र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन्। नायिका रिया श्रेष्ठ हेर्दा सार्है नै आकर्षित छिन्, हाँसी रहने शालीन स्वभाबकी रिया आफूलाई सुहाउने रोल आएमा सधै चलचित्र र म्युजिक भिडियोमा खेल्ने र खेल्दै आएको उनी बताउछिन्।

देश विदेशका कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी रिया सानै उमेर देखिमोडलिङमा र नायिका बन्ने रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ र एक कुशल नृत्य गर्ने खुबी भएकी नायिका पनि हुन रिया श्रेष्ठ।





Comments

comments

Leave a Reply

16535