मृगाैला पीडित गुरूङलाई अार्थिक सहयोग

बिनोद श्रेष्ठ / एचकेनेपाल डट कम-
युएई। “मन बचन र कर्मले सेवा गराै” भन्ने मुल नाराका साथ बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका गोर्खालीहरूको साझा संस्था गोरखा सेवा समाज युएईले दुबै मृगाैला पीडित जित बहादुर गुरूङलाई स्वास्थ्य उपचारार्थ २५ हजार रूपैया आर्थिक सहयोग गरेको छ। मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सोमवार पीडितका परिवारलाई भेट गरी संस्थाका अध्यक्ष भिम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए।

गोरखा जिल्ला थुमि ६ का २८ बर्षीय जित बहादुर लामो समय बैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत थिए। सोही क्रममा एक्कासी उनको मृगाैला खराब देखिएपछि कम्पनिले नेपाल पठाएको थियो। समान्य परिवार तथा आर्थिक अभाबको कारणले समयमानै उपचार पाउन नसकेपछि उनको दुबै मृगाैलाले काम गर्न छोडेको थियो। हाल उनी मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारार्थ छन्।

प्रबासमा बसेर पनि जिल्लामा भएका समस्याहरूलाइ केही हदसम्म समाधान गर्ने हेतुले गोरखा समाज सेवा युएईले खोलेको “सहयोग उद्दार तथा राहात संकलन कोष” मार्फत बिरामीलाई उक्त रकम सहयोग गरिएको थियो। प्रबासमा रहेर पनि गोरखा र गोर्खालीहरूको लागी जुन किसिमको मानबिय तथा सामाजिक सहयोग गर्ने गोरखा सेवा समाज यूएईप्रति अाभार प्रकट गर्दै पीडितका बहिनी मिना गुरूङले सहयोग गर्न चहाने ब्यक्ति वा कुनै पनि सामाजिक संस्थाले ग्लोबल अाई एम ई बैकको खाता नं.0807010004933 मा रकम सहयोग गर्न सक्ने बताईन्। साथै गोरखा सेवा समाज यूएईले बिरामीको शिध्र स्वास्थ्य लाभको कामना गरेको छ।





Comments

comments

1656