सत्ता जोगाउन मन्त्री थपिए : राति नै सपथ…

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो ठूलो दल राप्रपाका तीन मन्त्री थपेर संकट टार्न लागेको खबर कान्तिपुर दैनिकले छापेको छ।

यसअघि केपी ओली सरकारमा उपप्रधानमन्त्री रहिसकेका राप्रपा अध्यक्ष कमल थापालाई दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सोही पदसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुम्पने निर्णय गरेका हुन्।

थापासहित दिलनाथ गिरी र परशुराम तामाङ मन्त्री बनेसँगै मन्त्री परिषद् अब ४५ सदस्यीय बनेको छ। तीनै मन्त्रीको बिहीबार राति नै शपथग्रहण भइसकेको छ।





Comments

comments

Leave a Reply

16727