बेलायतमा लिम्बू भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता

विश्वास दीप तिगेला –
गत २६ मार्च २०१७ का दिन युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायतको शिर्षकमा प्रश्नहरु सोधिएका थिए । महिलाहरु मात्र प्रतिस्पर्धी रहेका उक्त प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन शाखा प्रथम, वेजिङस्टोक शाखा दोस्रो र रशमोर शाखा तेस्रो भएका थिए । लिम्बु महिलाहरुका ११ समूहहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

दोस्रो चरणको बक्तित्वकला प्रतियोगितामा कोलचेष्टरबाट सानु लिम्बु प्रथम, अक्सफोर्डबाट जानु काम्बाङ दोस्रो र आसफोर्डबाट मनमाया नेम्बाङ तेस्रो हुनु भयो । वक्तित्वकलामा १० प्रतिष्पर्धिहरु सहभागी थिए।

चुम्लुङ युकेका अध्यक्ष काजीमान यक्सो, नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र डा. चन्द्र लक्सम्बाले सयुक्त रुपमा पानासमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । सामुहिक च्याब्रुङ नृत्यको प्रस्तुतीबाट शुभसाइत गरिएको कार्यक्रमका प्रश्नकर्ता एवं निर्णायक मण्डलमा गणेश इजम, विमला सेन र खुसि लिम्बु लगायत रहनु भएको थियो।

लिम्बु पहिरनमा भेला भएका लिम्बु महिलाहरुले हाजिरी जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता लगायत पूरै कार्यक्रम लिम्बु भाषामा संचालन भएको थियो । यो युकेको इतिहासमा पहिलो हो भने लिम्बु भाषा नेपालको चौथौ संमृद्ध भाषा मानिन्छ र यसलाई किरात सिरिजङ्गा लिपीमा लेखिन्छ ।

चुम्लुङ महिला समितिका अध्यक्ष युमा लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई मनमाया लिम्बुले लिम्बु भाषामै स्वागत गर्नुभएको थियो भने महासचिव महेश्वरी नेम्बाङले संचालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

16975