प्रथम ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ अमेरिकाको न्युयोर्कमा हुने

विजय थापा

अमेरिकाको न्युयोर्क शहरमा ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ आगामी सेप्टेम्बर २-४ सम्म हुने भएको छ।

तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त तयारी बैठकमा क्यानडालगायत अमेरिका भरिका तामाङ संघ-संस्थाको प्रतिनिधि एंव बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो। भेलाले तामाङ सोसाइटी अफ अमेरिकाको बर्तमान अध्यक्ष शान्तबाबु थोकरको संयोजकत्वमा २५ सदस्य तदर्थ समिति गठन गरी आगामी मे २१,२२ २०१७ मा सम्पन्न गरिने निर्णय गरेको थियो।

तर पर्याप्त समय नभएको कारण गत अप्रिल ९ आईतबार संयोजक शान्ताबाबु थोकरको अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्युयोर्क शहरमा सांस्कृतिक कार्यक्रम ( डम्फु साँझ ) सहितको प्रथम उत्तर अमेरिका तामांग सम्मेलन भव्यताको साथ सम्पन्न गरिने गरी बिभिन्न उप समितीहरु गठन गरिएको छ। सम्मेलनमा नेपाललगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एवं तामाङ व्यक्ति ब्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिनेछ।

३ तीन दिने उक्त्त सम्मेलनमा पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तामाङ संस्थाको बिषयमा र तामाङ भाषा धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई आमन्त्रन गरी छलफल गरिने छ। यसै गरि दोस्रो दिन अधिबेशन सम्पन्न गरी उत्तर अमेरिकि तामाङ संस्थाको कार्यसमिति चयन गरिने छ। सोही दिन बेलुकी सास्कृतिक कार्यक्रम (डम्फु साँझ )आयोजना गरिने भएको छ।

अन्तिम र तेस्रो दिन ४ तारिखमा प्रतिनिधि एबम पाहुनाहरुको बिदाई कार्यक्रम गरिने तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष एंव उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक शान्त बाबु थोकरले जानकारी गराएका छन्।





Comments

comments

Leave a Reply

17310