सुडान घोटाला प्रकरणमा प्रहरीका ३ पूर्वआईजीपीलाई जेल सजाय

काठमाडौं, प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए।

त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामाग्रीमा।

अहिले नेपाल प्रहरीको २५ औं आइजिपी नियुक्ति विवाद सर्वोच्चमा विचाराधिन छ । यही बेला सर्वोच्चले सोही संगठनका पूर्व तीन प्रमुखले भ्रष्टाचार गरेको ठहर गर्दै जेल पठाउने पक्का गर्यो ।

आइतबारको फैसलापछि नेपाल प्रहरीका १९ औं २० औं र २१ औं आइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी जेल जाने पक्का भएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

17537