‘हातै काटी काटी’ सार्बजनिक

वाई वि तमू –
१० जून। उदयीमान गायिका कमला गुरुङ राईको सुमधुर आवाजमा सजिएको पहिलो गीत “हातै काटी काटी” यूट्यूबमार्फत सार्बजनिक गरिएको छ।

गीतकार सुनिल सङ्गमको शब्दलाई संगीतकार कन्काईष्ट राईले संगीत गरेका हुन् भने गीतमा रोशन बान्तवाले संगीत संयोजन गरका हुन्।

गायिकाको पहिलो गीत भए पनि सुन्दा पहिलो जस्तो पटक्कै लाग्दैन। तुलनात्मक रुपमा गायिकाहरु निकै कम स्थापित भैरहेको अबस्थामा सुमधुर र कर्णप्रिय आवाज रहेकी उदयमान गायिका कमला गुरुङ राईमा सभाबनाहरु प्रष्ट देखिन्छ। त्यसैगरि गायनमा जमेर चर्चा बटुली सकेका संगीतकार कन्काईष्ट राईको संगीतले गीतलाई प्राण मात्र भरेनन् गीतलाई शिखरमै उचालेको छ भने गीतकारले अहिलेको चलन चल्तीका शब्द भन्दा केही पृथक र नया पुस्तालाई लक्षित गरि शब्द कोरेका छन्।

प्रशस्त अनुभब बटुली सकेका संगीतसंयोजक रोशन बान्तवाले शब्द, संगीत र गायिकाको आवाजलाई ध्यानमा राखी संयोजन गरेका छन् तसर्थ पनि गीत कर्णप्रिय बनेको छ र सबैको मनमा बस्ने कुरामा शंका देखिदैन भने गायिकालाई उनको यो पहिलो गीतले ने चर्चाको शिखरमा पुर्याओस् शुभ-कामना !





Comments

comments

Leave a Reply

18319