हङकङमा २० वर्षपछि कै सबभन्दा महंगो आतिशबाजी!

भिडियो ब्लग

पशन तमू
स्टार फेरी | चिम शा चुई, हङकङ
१ जुलाई २०१७

हामी स्टार फेरीमा अाईपुग्दा साँझको ६ बजि सकेको थियो। पानी सिम सिम परिरहेको छ। मानिसहरुको ठूलो भिड जुटिसकेछ। यि मानिसहरु भिक्टोरिया हारबर माथि हुने आतिशवाजी हेर्न जुटेका हुन्।

बिहान केरी लामले हङकङको पहिलो महिला कार्यकारी प्रमुखका रुपमा शपथ ग्रहण गरिन्। उनले चिनीयाँ राष्ट्रपति सि जिङपिङको उपस्थितिमा शपथ खाएकी हुन्। केरी लाम हङकङको चौथौं कार्यकारी प्रमुख बनेकी छन्।

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको जुलाई १ तारिख ठ्याक्कै २० वर्ष पुगेको छ। २० वर्ष अर्थात सन् १९९७ जुलाई १ तारिखअघि हङकङमा बेलायतको शासन थियो। हङकङ बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको दिन जुलाई १ तारिखलाई हङकङ स्थापना दिवसको रुपमा मान्ने गरिन्छ। थप भिडियोमा…





Comments

comments

Leave a Reply

18688