पोखरामा बोलबम सुरु, केदारेश्वरमा बोलबम भक्तजनको घुइँचो

विजय नेपाल
पोखरा, ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समितिले आयोजना गरेको बोलबम कार्यक्रम सोमबारखदेखि सुरु भएको छ।

पोखराको एकमात्र बोलबमधाम केदारेश्वरमा साउनको पहिलो सोमबार मन्दिरमा पूजाआजा गर्ने र शिवलिंगमा जल चढाउने भक्तजनको ठूलो भीड लागेको थियो।

सेती किनार गाईघाटबाट जल लिएर भक्तजनले मन्दिरमा आराधना गर्दै जल चढाएका हुन् । भक्तजनको भीडले दिउँसो अबेरसम्म मन्दिरमा भक्तजन लामबद्ध देखिन्थे।

गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाममा १०८ शिवलिङ्गमा जलार्पण गर्ने संयोग केदारेश्वरमा रहेकोले भक्तजनको भीड वर्षेनी बढेको बोलबम संयोजक शंकर खराल बताउँछन्।

पोखरामा यस्तो संयोग मिल्नुले पनि वर्षेनी भक्तजनको उल्लासमय सहभागिताले व्यवस्थापनको चुनौती थपिदै आएको उनको भनाइ छ।

मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यका अनुसार मन्दिरमा पूजाआजा गर्न भक्तजन बिहान ४ बजे अगाडि नै पुगेका थिए।

गाईघाट क्षेत्र विकास समिति अध्यक्ष राजेन्द्ररमण पराजुलीले पनि गाईघाट क्षेत्रमा जल लिन आउने भक्तजनको लागि आवश्यक व्यवस्था मिलाएको बताए।

सोमबार ब्रत बसी बगरस्थित गाईघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने बोबलम कार्यक्रम पछिल्लो वर्ष सँस्कृतिको रुपमा विकास भएको छ।

साउन महिनामा भगवान् शिवको आराधना गरी शिवलिङ्गमा जल तथा दूध चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

सोमबार बिहान गेरुबस्त्र धारणा गरेका भक्तजनलाई पंचेबाजाका साथ नाचगान गर्दै नगर परिक्रमा गरी मन्दिर पुगेका थिए । बोलबम र्याली गाईघाटदेखि विन्ध्यवासिनी, महेन्द्रपुल, न्यूरोड हुँदै वैदामस्थित केदारेश्वर मन्दिर पुगेको हो । गायक प्रजापति पराजुलीलगायतले बोलबम भक्तजनलाई विभिन्न भजन कीर्तनमा नचाएका थिए । घार्मी, अन्नपूर्ण, महाप्रभू धाम आर्वा, बोलबम भजन समूह सहभागी थिए।

केदारेश्वरमा पूजाआजाका आउने सम्पूर्ण भक्तजनलाई मितेरी नारी समूहले प्रसाद खुवाएको समूहका पूर्वअध्यक्ष कल्पना पहारीले बताइन् । जसमा रामजी बानियाँले सहयोग गरेका थिए भने विश्व हिन्दू महासंघले व्यवस्थापनमा सघाएको थियो । त्यस्तै पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र सिमलचौरले सर्वत पानी खुवाएका थिए । बोलबम कार्यक्रम साउनका पाँचै सोमबार चल्ने छ ।

तस्विर ः विजय नेपाल। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

18847