तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन।

नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै।

यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउंन नसकेको खबर नेपाल समाचारपत्रले छापेको छ।





















Comments

comments