डिभोर्सपछि .. यस्तो छ मिलन अमात्यको पहिलो रेकर्ड भएको गीत


भूमिराज राई
/ एचकेनेपाल डट कम –

गायिका मिलन अमात्य रेकर्डिङमा ब्यस्त बनेकी छिन्। भर्खरै मात्र बैबाहिक यात्रा टुङ्गिएको पीडा लुकाउँदै अग्रिम कन्ट्र्याक्ट भएको पूर्ब निर्धारित गीतको रेकर्ड रोक्नु ब्यबसायिक बेइमानी हुने सम्झेर आफ्नो ब्यक्तिगत कुराका कारण ब्यबसायिक जीबनमा असर नपरोस् भन्ने जिम्मेवारी बोधका कारण पनि पूर्ब निर्धारित रेकर्डिङहरु नरोक्ने निर्णयमा पुगेको जानकारी गायिकाको निकट सुत्रले दिएको छ।

‘मैले आफ्नो ब्यक्तिगत समस्या मेरो ब्यबसायमा मिसाएर मेरो लगानीकर्ताहरु, दर्शक र शुभचिन्तकहरुलाई समस्या दिनु मेरो मनले दिदैन र मैले बेइमानी गर्नु मेरो ब्यबसायिक अनुशासनभित्र पर्दैन भन्ने चेतनाका कारण पनि आज म अफ मूडमा भए पनि रेकर्डिङका लागि आएर रेकर्ड सकाएँ, आशा गरे भन्दा धेरै राम्रो गीत रेकर्ड भएको प्रतिक्रिया दिनु भएको छ प्राबिधिक दाईहरुले, यो सबै मेरो लाखौं शुभचिन्तक र दर्शक श्रोताहरुको आशिर्बाद र मायाका कारण सम्भब भएको हो। यो आशिर्बाद र माया सदा पाइइरहुँ यहिं नै मेरो चाहना हो’ भन्दै गायिकाले आफ्नो मनको कुरा खोलिन्।

हेर्नुहोस् भिडियोः

रचनाकार बिष्णु ईङ्नामको लिम्बू गीत

हेर्नुहोस् भिडियोः

डिभोर्सपछि 💔.. यस्तो छ मिलन अमात्यको पहिलो रेकर्ड भएको गीत 🎧 … सुन्नुहोस्🙏🙏🙏

Posted by HKNepal.com on Wednesday, 20 September 2017

‘मूकूमलुङ माङे सेवारो,
परेवा काप्सा माङ हूप्नेरो,
माघेनि तेम्दा तेबारो,
मिन्जिबा लथिक आदुम्सेओ…

(पाथिभरा देबी बिन्ति छ,
मनको कुरा पुर्याइदेउ,
माघेनि मेला आउँदैछ,
मायालु एउटा जुराइइदेउ) गीत उत्तम जंग लिम्बूको सँगितमा रेकर्ड भएको हो।

चन्दु गोर्खालीको सँगीत संयोजनमा मुस्कान मुकारुङले सेवा रेकर्डिङ स्टुडियोमा सुमधुर लिम्बू गीत रेकर्ड गरेका हुन्।

पूर्ब निर्धारित कार्यक्रम रेकर्डिङलगायत सबै ब्यबसायिक कामहरु कुनै पनि नरोकी आफु आफ्नो कर्ममा लागिरहने बताउँदै गायिका मिलन अमात्यले यो दुःखद परिस्थितिमा साथ दिनुहुने सहानुभूति राख्नु हुने आफन्त शुभचिन्तक पत्रकार अनि फ्यानहरुलाई धन्यबादसहित सपोर्टको लागि आभार ब्यक्त गरेकी छिन्।

मिडियामा कति कुराहरु नकारात्मक रुपमा आईदिंदा त्यस्ले अत्यन्तै हतोत्साहित बनाउने हुँदा झुटा कुराहरु लेखेर हतोत्साही नबनाईदिन पनि गायिकाले अनुरोध गरेकी छिन्।





Comments

comments

Leave a Reply

19822