पोखरामा आज नेपाल आइडल लाईभ कन्सर्ट हुदै, बुद्ध लामासहितको टोली पोखरामा

एचकेनेपाल डट कम –

पोखरा, २८ असोज । पोखरामा आज नेपाल आइडल लाईभ कन्सर्ट हुने भएको छ। कन्सर्टको लागि बुद्ध लामासहितको टोली पोखरामा रहेका छन्।

कन्सर्ट मुन्टेज इन्टरनेशनल र जक्शन डटकमको आयोजनामा हुन लागेको हो।

कार्यक्रमका लागि नेपाल आइडलका विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशी पोखरा आईसकेका छन्।

नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने कन्सर्टमा उपस्थित हुन आयोजकले आग्रह गरेको छ।

दिउँसो ४ बजेदेखि शुरु हुने कन्सर्ट साँझ ८ बजेसम्म चल्ने आयोजक कम्पनीले जानकारी दिएको छ । मुन्टेज इन्टरनेशनलले पोखरासँगै यो कन्सर्ट उर्लाबारीमा समेत गर्ने जनाएको छ । असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुनेछ । त्यस्तै ‘नेपाल आइडल, वल्र्ड टुर’को क्रममा नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ।





Comments

comments

Leave a Reply

20131