हङकङमा फेरि ८ नं. ठूलो आँधीबेहरी

न्युज डेस्क / एचकेनेपाल डट कम –

१५ अक्टोबर, हङकङ। हङकङको मौसम विभागले ८ नं. को ठूलो आँधीबेहरी (T8 Storm Signal) को सूचना जारी गरेको छ।

हङकङको व्यस्त मानिएको जलमार्ग – स्टार फेरी सेवा आँधीका कारण रद्द गरिएको छ।

आँधीका कारण सिटीबसको सेवा सिमित पारिएको छ भने केही बस सेवाहरु निलम्बित गरिएको छ। भूमिगत रेल सेवा भने सामान्यरुपमा सुचारु रहने छ।

पानी जहाज र डुंगा चल्ने सामुद्रिक बाटोहरु निलम्बित गरिएको जनाइएको छ।

सामान्यतया आइतवार र सार्वजनिक बिदामा सञ्चालन हुने विद्यालयहरु बन्द गरिएको शिक्षा विभागले जनाएको छ। त्यस्तै, समाज कल्याण विभाग, हेरविचार कार्यक्रम र वृद्ध सेवा प्रदान केन्द्र, कल्याण सेवा एकाईहरु तुफानका कारण प्रभावित भएका छन्।

बाहिरी क्लिनिक बन्द हुने भएपनि सार्वजनिक अस्पतालमा दुर्घटना र आपतकालीन सेवा भने प्रभावित नहुने जनाइएको छ।





Comments

comments

Leave a Reply

20139